Logo

बागमती पेज

पुस १९, २०७७ आईतबार

मुख्यमन्त्री पौडेलले विश्वासको मत पाउनुहुन्छ: मन्त्री रामेश्वर फुँयाल


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत प्राप्त गर्ने उनी निकट मन्त्री रामेश्वर फुँयालले बताएका छन् ।

केपी शर्मा ओली निकट पौडेलविरुद्ध यही पुस १० गते नेकपा प्रचण्ड-माधव समूहका ४५ प्रदेशसभा सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका थिए । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।

तर, भौतिक पूर्वाधार विकास मन्त्री फुँयालले भने मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरेका छन् ।

मन्त्री फुयाँलले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनसायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत कीर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको प्रयास भइरहेको छ ।