Logo

बागमती पेज

पुस २०, २०७७ सोमबार

मौसम पूर्वानुमानः हिमपात र वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाले आज बिहान भने देशभर सामान्य बदली भइरहेको जनाएको छ ।

यसैगरी आज दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको हुनसक्ने पूर्वानुमान छ ।

यता, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति  देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।