Logo

बागमती पेज

पुस २२, २०७७ बुधबार

काठमाडौंको जनप्रतिनिधि भेलामा उपप्रधानमन्त्री पोखरेलको सम्बोधन


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीले जनप्रतिनिधि भेला गर्ने भएको छ ।

काठमाडौंका ११ वटै स्थानीय तहमा नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागितामा अन्तर्क्रिया तथा प्रशिक्षण समेत हुने आयोजकले जनाएको छ । काठमाडौं तिनकुनेमा रहेको रोयल बैंक्वेटको हुने भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्नेछन् ।

२४ गते शुक्रबार हुने भनिएको जनप्रतिनिधि भेला दिनको १२ बजे शुरु हुने आयोजकले बताएको छ ।