Logo

बागमती पेज

पुस २५, २०७७ शनिबार

सांसद निरौलाद्वारा ‘लुडेखोला पक्कि पुल’ सिल्यान्यास


काठमाडौं । बूढानीलकण्ठ ‘लुडेखोलाको पक्कि पुल’ निर्माणको लागि सिल्यान्यास गरिएको छ । बूनपा-६ मा रहेको पुलको काम प्रदेश सांसद दिपक निरौलाको विशेष पहलमा प्रदेश सरकारको बजेटबाट पक्कि पुल निर्माण सम्मपन्न हुने भएको हो ।

सांसद दिपक निरौलाले पुल सिल्यान्यास गर्दै लुडेखोला पक्कि पुलको काम एक वर्ष भित्र पुरा हुनेमा विश्वस्त रहेको बताए । निर्माण सम्मपन्न भएपछि वर्षा याममा पुल नभएका कारण कष्टकर जीवन बिताईरहेका बूढानीलकण्ठ-४ र ६ का जनतालाई सहजहुने विश्वास व्यक्त गरे ।

पक्कि पुल निर्माण गर्ने बाचा आज आएर शुरुवात गरेका छौ सांसद निरौलाले भने, ‘आगामी दिनमा यो पुलको काम पुरा गर्छौ, जनताको समस्या समाधान गर्न हामी लागि परेका छौ ।’

यस क्षेत्रमा कृषि बजारको अभाव भएका लुडेखोला पुल नजिकैको खाली जग्गामा व्यवस्थित कृषि बजार बनाउने योजना रहेको समेत जानकारी गराए । पुल सिल्यान्यास गर्दै सांसद निरौलाले एक वर्ष भित्र शुरु गर्ने भनेको पुलको काम कोभिड-१९ का कारणले थोरै ढिलो भएको बताए  ।

प्रदेश सांसद भिमसेन खत्रीले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका आधारभुत काममा समेत यातायतको ठुलो महत्व रहेको भन्दै निर्माणका काममा सहजता पुर्याउन स्थानीयलाई अनुरोध गरे । सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी समयमै काम सक्न सहजता बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

बूनपा-६ का वडाध्यक्ष नविन केसीले स्थानीय रुपमा हुने समस्या समाधानका लागि दिनरात खट्न तयार रहेको बताए । अध्यक्ष केसीले भने समयमा काम सम्पन्न गर्न हामीले कहा कसरी सहयोग गर्नु पर्छ त्यस किसिमको सहयोग गर्न प्रतिबद्ध छु ।

पक्कि पुल निर्माणका कन्ट्रायाक्टर ईन्द्र बहादुर सिटौलाले स्थानीयको साथ र सहयोग भएमा एक वर्ष भित्र उच्च गुणस्तर सहित पुल निर्माणको काम सक्ने प्रतिवद्धता जनाए ।

सिल्यान्यास कार्यक्रममा बूढानीलकण्ठ नेकपा सचिव प्रदिप डंगोल, अन्य वडाका अध्यक्षहरु २-राजेन्द्र खड्का, ४-राजु खड्का, ७-बसनारायण महर्जन लगायत अन्य वडा सदस्यहरू तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।