Logo

बागमती पेज

माघ १०, २०७७ शनिबार

राखेपमा जितकुण्डोको तालिम शुरु


काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुरु भएको छ ।

दुईदिने तालिममा ४ प्रदेशका विभिन्न १२ जिल्लाका ३५ जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ । तालिमको उद्घाटन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले एक कार्यक्रमबीच गरे । सो अवसरमा राखेप सदस्य पुरेन्द्रविक्रम लाखे लगायतको उपस्थिति रहेको थियो ।

सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिने छन् । सहभागीलाई जितकुण्डोका परिवर्तित नयाँ नियमलगायतका विषयमा जानकारी दिइने प्रमुख प्रशिक्षक थापाले जानकारी गराए ।