Logo

बागमती पेज

माघ १०, २०७७ शनिबार

ओखलढुंगाका दर्जनौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश


काठमाडौं । ओखलढुंगा सिद्दिचरण नगरपालिकामा नेकपाका संगठित सदस्यहरु सहित दर्जनौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको छन् ।

सिद्दिचरण नगरपालिका वडा नम्बर १० अमजानीमा आयोजित पार्टी प्रवेश तथा नेता-कार्यकर्ता भेटघाट कार्यक्रममा एक बहादुर मगर, कुमार थापा मगर, टीका मगर लगायत ६० जनाले पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद तथा नेपाली काङ्ग्रेसको प्रभावशाली युवा नेता रामहरी खतिवडाले कम्युनिष्टहरुले सबै बुथहरुमा मुन्द्रेहरु राखेर भोट दिने नेपाली जनताहरुलाई आखा देख्दैन भन्दै सबै आफैले भोट हालेर काङ्ग्रेसले हारेको आरोप लगाएका छन् ।

गठबन्दनको नाममा २ तिहाईको सरकार नजिक जितेको कम्युनिष्ट सरकार २ बर्ष पनि चलाउन सकेनन् अहिले एकले अर्कोलाई भ्रष्टाचारि, हत्यारा भन्दै उफ्रिएर विकासका कामलाई पछाडी पारेको बताए । ‘ओली र कम्युनिष्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ’, खतिवडाले भने, ‘कम्युनिष्टलाई संस्कार सिकाउँछौँ भनेका थियौँ । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौँ । शिक्षक मार्नेलाई संसदमा लग्यौँ । ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गरेको छ ।’

पार्टी प्रवेशमा कांग्रेस जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवार, नेपाली कांग्रेस जिल्ला  उप-सभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, युवा नेता बालकृष्ण दाहाल, खिलानाथ दाहाल, डिल्ली खनाल, अशोक कार्की, कमल तामाङ, जिल्ला समन्वय समिती सभापति जय बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।