Logo

बागमती पेज

माघ २०, २०७७ मंगलबार

बाबुराम र चम्पाको ‘बतासै सरर’ बोलको गीत सार्वजनिक


काठमाडौं । गायक बाबुराम भट्टराई र गायिका चम्पा खुलाल मगरको स्वर रहेको ‘बतासै सरर’ बोलको गीत सार्वजनिक भएको छ ।

सुनाखरी मल्टिमिडिया नामक युट्युबमार्फत रिलिज भएको ‘बतासै सरर’को शब्द र संगीत माधव थापाले दिएका छन् ।

एरेन्ज हेमन्त शिशिरले गरेका छन् । लोकदोहोरी शैलीको यो गीतबाट गायक बाबुराम भट्टराईसहितको टिमले ठूलो आशा लिएको छ ।

म्युजिक भिडियोको निर्देशन रितबहादुर दर्लामीले गरेका छन् । अजित रायमाझी, आयुष्मा कार्की, रितबाहदुर दर्लामीको म्युजिक भिडियोमा अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=1a4-NA3zMF4