Logo

बागमती पेज

माघ २३, २०७७ शुक्रबार

दुधौलीमा योग साधना केन्द्र भवनको शिलान्यास


सिन्धुली । दुधौली नगरपालिका–१ मा योग साधना केन्द्र भवनको शिलान्यास गरिएको छ । बिहिबार दुनपा –१ का वडाध्यक्ष गोविन्द प्रसाद पहाडीले जनचाहना अनुसार भवनको शिलान्यास गरेका हुन् ।

हाल वडा नं. १ बाट बिनियोजित २ लाख रुपैँया रकमबाट शुरु गरिएको भवन निर्माणमा नगर तथा स्थानीयहरुको आर्थिक सहयोग हुने अध्यक्ष पहाडीको भनाई छ । वडाध्यक्ष पहाडीले बागमती पेजसँग कुरा गर्दै भने, – स्थानीयहरुको साथ र सहयोगबाट निर्माण गर्न लागिएको योग साधना केन्द्र भवन आगामी १ वर्ष भित्र निर्माणको काम सम्पन्न गर्न सक्दो पहल गरिने छ ।

स्थानीय जनताको स्वास्थ्यलाई मध्यनजर गरी व्याम गरौं स्वास्थ रहौं भन्ने नाराका साथ योग साधना केन्द्रको स्थापना गरिएको हो ।

अध्यक्ष पहाडीले भने, “आगामी दिनमा हत्पते स्वास्थ्य चौकीलाई अस्पताालको रुपमा रुपान्तरण गर्ने योजना रहेको छ । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी छिटो र छरितो सँग आफ्नै स्थानीय सरकार भित्र सेवा लिँदा नगरवासीलाई सहज हुने भएकाले यसको लागि नगर तथा विभिन्न माथिल्ला निकायसँग आवश्यक परामर्ष गर्दै आएका छौं ।”

वडा तथा नगरवासीलाई सहज होस् भन्ने उदेश्यले हत्पते स्वास्थ्य चौकीमा टेस्टिङ ल्यावको व्यवस्थापन, छिटो र छरितो ढंगबाट समयमै सेवा प्रवाह गर्न सुझाउने, विभिन्न किसिमका औषधी अभाव हुन नदिने तथा जनताको स्वास्थ्यको राम्रोसँग हेरचाह गर्न अनुरोध गरेको बताउँदै अध्यक्ष पहाडीले आफू निर्वाचित भए पश्चात विभिन्न रुपमा ध्यानाकर्षण गरेको जानकारी गराए ।