Logo

बागमती पेज

माघ ३०, २०७७ शुक्रबार

‘भ्यालेन्टाइन डे’ मा पठाओद्वारा राइडर र ग्राहक दुवैलाई प्रेममय उपहार घोषणा


काठमाडौं । प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’को अवसरमा राइड सेयरिङ प्लाटफर्म पठाओले आफ्ना राइडर र ग्राहक लक्षित प्रेममय उपहार कार्यक्रम घोषणा गरेको छ । पठाओले आफ्ना दश उत्कृष्ट राइडरलाई भ्यालेन्टाइन डेको दिन आपसी प्रेम र सद्भाव बढोस् भनेर फ्री डिनर उपहार प्रदान गर्ने भएको हो ।

उक्त योजना अनुसार उत्कृष्ट दश राइडरहरुले आफ्नो जोडी सहित डिनरमा सहभागी हुन पाउनेछन् ।

भ्यालेन्टाइन डेकै दिन पठाओ एप मार्फत खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने योजना रहेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

साथै पठाओको दश वटा ट्याक्सीमा भ्यालेन्टाइन डेको दिन ‘मायाको पाटी’ राखिनेछ । सो दिन ट्याक्सी प्रयोग गर्ने ग्राहकहरूले आफ्नो मायालुलाई सम्झेर मायाको पाटीमा आफ्नो सन्देश लेख्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।
साथै सन् २०२० सेप्टेम्बरदेखि पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत दिँदै आएको छ ।