Logo

बागमती पेज

फाल्गुन १३, २०७७ बिहीबार

नवनियुक्त दुई राजदूतले लिए सपथ


काठमाडौं । बेलायत र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वयले शपथ लिएका हुन् । सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालय शितल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।