Logo

बागमती पेज

फाल्गुन २३, २०७७ आईतबार

प्रशान्तिमा ‘फुड फेस्टीवल’: अविभावकले गरे कामको प्रशंसा (फोटोमा हेरौं)


काठमाडौं । प्रशान्ति एकेडेमीले विद्यार्थीहरुको सिपलाई उजागर गर्न अभिभावकहरुको उपस्थितिमा ‘फुड फेस्टीवल आयोजना गरेको छ ।

बुनपा १२ स्थित रहेको प्रशान्तिले आफ्नो विद्यालयको  कक्षा छ, सात र आठमा अध्ययनरत विद्यार्थीहरुलाई पेसा व्यावसाय र प्रविधी शिक्षा अन्तर्गत पाक शिक्षामा जानेका कला र सिपलाई प्रयोगमा ल्याई अन्य सामु प्रस्तुत गर्न विद्यालयले मिति २०७७/११/२१ गते शुक्रबार फुड फेस्टीवल कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा बनाईएको विभिन्न फुड आईटमहरु फरक फरक स्टलमा राखी प्रदर्शनी तथा सुलभ मुल्यमा विक्री समेत गरेका थिए । प्रदर्शनी अवलोकन गर्नका लागि उल्लेख्य संख्यामा अभिभावक हरु र अन्य स्कुलहरुबाट समेत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

उपस्थित अविभावक तथा अतिथिहरुले पनि विद्यार्थीहरुले राखेको प्रदर्शनीलाई अवलोकन गर्नुका साथै केही फुड आइटमको स्वाद लिदै सबै विद्यार्थीहरुको कामको प्रशंसा गर्रेका थिए साथै आगामी दिनको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

फुड फेस्टीवल हीमाल, पहाड र तराईमा पाईने सबै खालका खानाको परिकार लाई आधार मानी तयारी गरिएको थियो । सोही अनुरुपको विभिन्न १४ वटा स्टलहरु राखीएको थियो । गत साल २०७६ साल पनि कक्षा ६,७ र ८ का विद्यार्थीहरुले यसै अनुरुप प्रदर्शनी र प्रयोग गरि मनाईएको फुड फेस्टीवलको यो दोस्रो संस्करण हो ।

आगन्तुक सवैलाई स्वागत गर्दै विद्यालयका प्रिन्सिपल समिर बास्तोलाले यस्ता कार्यबाट विद्यार्थीको प्रयोगात्मक शिक्षामा हौसला बढेको बताए । साथै आगामी वर्षहरुमा पनि यसको विभिन्न संस्करणहरु गर्दै लगिने समेत जानकारी दिए ।

त्यस्तै फुड फेस्टीवल कार्यको तयारी गरि सम्पन्न उन्मुख टीमलाई बधाई तथा धन्यवाद समेत प्रदान गरेका थिए । विद्यालयले आगामी दिनमा नयाँ स्वरुपको विद्यालय, निती, कार्यक्रमहरुका साथ विभिन्न धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी हुने र सो प्रदर्शनी तथा कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको कुरा अभिभावक, शुभेच्छुक तथा  विद्यार्थीहरु लगायतलाई अवगत गराईएको छ ।