Logo

बागमती पेज

फाल्गुन २४, २०७७ सोमबार

व्यवसायी भट्टराईद्वारा ‘योगदान राष्ट्रको लागि अभियान’लाई आर्थिक सहयोग


काठमाडौं । लामो समय देखी युएईमा व्यवसाय गर्दै आएका नेपाली युवा कृष्ण प्रसाद भट्टराईले ‘योगदान राष्ट्रको लागि अभियान’लाई रु. ६३ हजार चार सय सहयोग गरेका छन् ।

चितवन स्थायी घर भई बिगत १० बष देखि युएईको सारजाहमा व्यवसायी भट्टराईले युएईमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।

समाजसेवी तथा व्यवसायी कृष्ण प्रसाद भट्टराईको स-परिवार योगदान राष्ट्रको लागि अभियानको आजीवन सदस्य रहेको छ ।

भट्टराई र उनको परिवारलाई योगदान राष्ट्रको लागि परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

निःशुल्क प्राथमिक उपचार तालिम द्वारा ४६ जिल्ला प्राथमिक उपचार तालिम पश्चात सुरु गरिएको योगदान राष्ट्रको लागि अभियान हाल देशको ७७ जिल्लामा यस अभियानको कमिटी गठन रहेको छ । यस अभियानको मुल उद्देश्य भनेको कुनै पनि ब्यक्तिको अकालमा मृत्यु हुनु बाट जोगाउन हो । जस्तै, दैवीप्रकोप, उद्धार साथै बिभिन्न दुर्घटना हुँदा बिरामीलाई सकुशल अस्पताल पुर्याउनु हो ।

त्यसैले यस ‌अभियानमा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा योगदान राष्ट्रको लागि स्वयंसेवकहरुलाई प्राथमिक उपचार तालिम प्रदान गर्दै आइएको छ ।