Logo

बागमती पेज

फाल्गुन २९, २०७७ शनिबार

कांग्रेस पहिलो पार्टी बनी देश चलाउनु आजको आवश्यक्ता होः नेता खतिवडा


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन ३८-३९ साल तिर प्रतिबन्धित अवस्थामा संगठन जोगाउनलाई नेपाल शिक्षक संघले गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

ओखलढुंगा शिक्षक संघद्वरा आयोजित नेपाल शिक्षक संघ को २१ औ र २२ औ संयुक्त प्रतिनिधि सभालाई सम्बोधन गर्दै युवा नेता खतिवडाले देशमा आफ्ठेरो परेको बेला नेपाली कांग्रेसले देशलाई सधैं सहिबाटोमा हिडायो अंक गणितमा हारे पनि सिद्दान्तमा सधैं जितेको धारणा व्यक्त गरे ।

२०१५ साल देखी आज सम्म जती निर्वाचन भएको छ कम्युनिष्टले एउटा पनि निर्वाचन नगरेको दावी गरे । चोयाको जस्तो गठबन्दन  भएको २ तिहाइको सरकारले जनताहरुलाई अस्थिरता, अशान्ति र झुट्ठोको आश्वासन  मात्र दिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा बिघटन पछी पनि नेपाली कांग्रेसले सुझ-बुझको निणर्य गर्‍यो । काङ्रेस सधैं कानुनी राज्यको पक्षको विश्वासमा रहेको बताउँदै कांग्रेस न त धर्ना बस्यो न त अदालतलाई धम्की दियो कानुन प्रती कांग्रेसले आज मात्र नभएर भोली पनि विश्वास लिने बताए ।

नेपाली कांग्रेसको अन्तिम प्रधानमत्री शेर बहादुर भन्नेहरु लर्को लागेर प्रधानमन्त्री बनी दिनु पर्‍यो भन्दै देउवा निवास धाएको छन्, नेता खतिवडाले भने, “नेपाली कांग्रेस अस्थिरताको राजनीति गर्दैन दुई तिहाइ नजिक पुगेको कम्युनिष्टको हजारौ टुक्रालाई जोडेर केही हुँदैन । उनले थपे अब छिटो निर्वाचन तर्फ लागेर कांग्रेस पहिलो पार्टी बनी देश चलाउनु नै आजको आश्वाकता हो ।”