Logo

बागमती पेज

चैत्र २, २०७७ सोमबार

काठमाडौंमा टिपर दुर्घटना: चालकको मृत्यु


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिने भिरमा आइतबार राति टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिपर राति ९ बजे दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा टिपरका चालक मकवानपुरको भिमफेदी–२ का २५ वर्षीय विनोद बलको मृत्यु भएको हो । टिपर सडकबाट करिब ६ सय मिटर तल खसेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।