Logo

मेघनाथ पहाडी

चैत्र ३, २०७७ मंगलबार

सिन्धुलीमा दुर्घटनाः ४ जनाको मृत्यु, ७ घाइते


काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ७ जना घाईते भएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका बजारबाट बाँसकटेरीतर्फ गईरहेको डबल क्यापको गाडी दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालयका अनुसार मृत्यु हुने सबै कमलामाई नगरपालिका-७ बाँसकटेरीका हुन् । मृत्यु हुनेहरुमा ६०-६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र दुर्गाकै २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।

गाडी बाँसकटेरीतर्फ जाँदै गर्दा कमलामाई नगरपालिका ७ करमडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको सिन्धुुली अस्पतालमा उपचार भइरहेको छ ।