Logo

बागमती पेज

चैत्र ४, २०७७ बुधबार

३ लाख नगद सहित ७ जना जुवाडे पक्राउ


काठमाडौं । कौडा खेलीरहेको अवस्थामा धादिङबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ धादिङको ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्टसहितलाई पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।