Logo

बागमती पेज

चैत्र ४, २०७७ बुधबार

बूढानीलकण्ठमा ‘काउ म्याट’ र बर्षे घाँसको बिउ वितरण


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाले ‘काउ म्याट’ र ‘टियोसेन्टि’ बर्षे घाँसको बिउ वितरण गरेको छ । बूढानीलकण्ठ भित्रका किसानहरुलाई नगर प्रमुख र उप प्रमुखद्वारा ‘काउ म्याट’ र ‘टियोसेन्टि’ वितरण गरिएको हो ।

पशु सेवा शाखा प्रमुख काजी बहादुर श्रेष्ठका अनुसार नगरलाई दुध, मासु तथा फूलमा आत्मनिर्भर गराउने उदेश्यले पशु सेवा शाखाले किसानहरुको कृषी तथा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न ४० वटा ‘काउ म्याट’ र ८०० के.जी. ‘टियोसेन्टि’ बर्षे घाँस निःशुल्क वितरण गरिएको थियो ।

नगरपालिकामा खुल्ला जमिन नभएको क्षेत्रहरुमा घाँसको अभाव भईरहेको र घाँस काट्नको लागि जंगलनै पुग्न पर्ने समस्या भईरहेको आवस्थामा ‘टियोसेन्टि’ बर्षे घाँसको बिउ आफ्नो कृषी फर्ममा छरेर सजिलै घाँस उमार्न सकिने भएका कारण किसानहरु घाँसको बिउ पाउदा सन्तुष्ट रहेको बताउँछन् ।

यस्तै अव्यवस्थित गाईपालनमा हुने गरेको किटानु तथा किरा आतङ्कले गाईहरुमा विभिन्न रोग सिर्जना हुने समस्या यस ‘काउ म्याट’ले न्युनिकरण गर्नेमा किसानहरु ढुक्क छन् ।

नगरपालिका अनुगमन टोलि र पशु सेवा शाखाले संयुक्त रुपमा गरेको अनुगमन पछि २० वटा कृषीफार्मलाई ‘काउ म्याट’ र ‘टियोसेन्टि’ बर्षे घाँसको बिउ वितरण गरिएको शाखा प्रमुख काजी श्रेष्ठले बताए ।