Logo

बागमती पेज

चैत्र ५, २०७७ बिहीबार

रुद्रमती मार्ग कालोपत्रे गर्ने काम सम्पन्न


काठमाडौं । बूढानीलकण्ठ- ८ स्थित रुद्रमती मार्ग ८ मिटर चौडा भएको सडक कालोपत्रे गर्ने काम सम्पन्न छ ।

सडक विभागबाट ठेक्का भएको गत बैशाखमा सम्पन्न हुनुपर्ने सडक कोभिड-१९ का कारण केही समय ढिलो भएपनि हाल कालोपत्रे गर्नेकाम सम्पन्न भएको बूनपा-८ का वडा सदस्य माधव पौड्यालले बागमती पेजलाई जानकारी  दिए ।

बूढानीलकण्ठ- ८ का अध्यक्ष सुमन तामाङका अनुसार ६०० मिटर कालो पत्रे तथा फुटफात रहेको सोसडकको छेउ भागमा रेलिङ हालिने छ । रुद्रमती मार्गको ६०० मिटर सडक कालोपत्रे गर्ने काम वडाको वशेष पहलमा बजेट व्यवस्थापन गराइ ठेक्का गरिएको हो ।

अध्यक्ष तामाङले भने विकास निर्माणका अन्य तुलनमा सडक व्यवस्थापन तथा निर्माण कार्यलाई बढि जोड दिएका छौं । वडा भित्रका मुल सडक मात्र नभएर भित्रि सडकलाई पनि महत्वका साथ निर्माण तथा व्यवस्थापनको कार्यलाई तीव्रताका साथ अगाडी बढाउन हामी लागि परेका छौं ।