Logo

बागमती पेज

चैत्र ५, २०७७ बिहीबार

सुर्खेतमा पाँच दिने प्राथमिक उपचार तालिम सम्पन्न


काठमाडौं । अन्तर्राष्ट्रिय प्रशिक्षक तथा योगदान राष्ट्रको लागि अभियानका केन्द्रिय अध्यक्ष ओम उप्रेतीद्वारा सुर्खेतमा ५ दिने  प्रदेश स्तरित तालिमको सम्मपन्न भएको छ ।

योगदान राष्ट्रका लागी संस्थाको आयोजनामा भएको तालिममा एक्कासि उपचार गर्नुपर्ने अवस्थालाई दर्साउँदै योगदान राष्ट्रका लागि संस्थाले सञ्चालनमा ल्याएको ५ दिने तालिमको समापन गरिएको हो । तालिममा ११० युवाहरु लगायत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बिरेन्द्रनगर नगरपालिका प्रमुख देब प्रसाद सुवेदीले यस किसिमका सकारात्मक काममा अगाडि बढ्ने युवाहरूलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले दुर्घटनामा परेकाहरुको प्राथमीक उपचार गरिए ठुलो क्षतीहुनबाट बच्न सकिने विश्वास व्यक्त गरे ।

कणर्ाली प्रदेशका सबै जिल्लाबाट युवाहरूको सहभागिता रहेको उक्त तालिममा घाटीमा केही अड्किएमा, करेन्ट लाग्दा, हदयघात हुदा, बिष सेवन, आगोको पोलाई, पानिमा डुबे, दुर्घटनामा परे लगायतका १८ बिषयमा अचानक कसरी प्राथमिक उपचार गर्ने भनि विभिन्न तालिमहरु दिईएको थियो ।

विशिष्ट अतिथि अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती, केन्द्रीय लेखा संयोजक रमीला श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष राहुल कौशल, सुदुर पश्चिमाञ्चल संयोजक कृष्ण बटला लगायतको उपस्थित रहेको थियो ।

प्रदेश स्तरीय तालिममा  जिल्लाका युवाहरूको सहभागिता रहेको योगदान राष्ट्रका लागी जिल्ला सुर्खेत अध्यक्ष मानव रोकायले जानकारी दिएका छन् । कार्यक्रमको सञ्चालन कणर्ाली प्रदेश संयोजक अनिल ढकालले गरेका थिए ।