Logo

बागमती पेज

चैत्र ६, २०७७ शुक्रबार

जोसेफ कलेजको स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न (फोटोमा हेरौं)


Joseph_College_Program

काठमाडौं । जोसेफ कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई विदाई गरेको छ ।

रहेकोे जोसेफ कलेजले  बिहिबार चाबहिल चुच्चेपाटी स्थित स्मार्ट प्यालेसमा एक कार्यक्रमका बीच विभिन्न संकायमा भर्ना भई अध्ययन शुरु गरेका कक्षा ११ का विद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लगनशीलता र धैर्यताले विद्यार्थीलाई सफल बनाउने भन्दै पढाइमा निरन्तर लागिरहन आग्रह गरेका थिए । पढाईमा यो विषय राम्रो र नराम्रो भन्ने हुँदैन भन्दै डा. भट्टराईले भने, ‘तपाईहरुले जुन विषय पढे पनि मेहनतका साथ पढ्नुहोस् सफलता अवश्य हातपार्नु हुन्छ ।’

Joseph_College_Program

कार्यक्रममा जोसेफ कलेजका संस्थापक प्राचार्य सुर्य बहादुर अधिकारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै जोसेफ कलेजको विशेषताको बारेमा विस्तृत जानकारी गराएका थिए । उनले अब्बल जनशक्ति उत्पादन गर्न जोसेफ कलेज प्रतिबद्द रहेको बताए ।

प्राचार्य अधिकारीले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै विद्यालय शिक्षक, विद्यार्थी लगायत अभिवावकहरुको समेत उलेख्य भूमिका रहेको बताए ।

Joseph_College_Program Surya_Adhikari

जोसेफले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको प्राचार्य अधिकारीले प्रष्ट पारेका थिए । जोसेफ असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको समेत जानकारी गराएका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्याय, काठमाडौं खेलकुद समाजका अध्यक्ष बद्री भट्टराई, सिद्देश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष उद्दब भट्टराई, विभिन्न विद्यालयका संचालक, प्रिन्सिपल, शिक्षक प्रतिनिधि, कलेज संचालक समितिका पदाधिकारी लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा इन्द्रेणी कार्यक्रमबाट चर्चित बनेका जोसेफ स्कुलमा अध्ययनरत विद्यार्थी बाल लोक गायिका रबिना बसेल तथा जोसेफकै विद्यार्थी युवा लोक गायक प्रसन्न पाठकले लोक गीत मार्फत मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रममा जोसेफ कलेजका विद्यार्थी शेखर भट्टराई र राष्ट्रिय महिला फुटबल अन्डर १९ कि सदस्य एवं जोसेफ कलेजका विद्यार्थी प्रितीराइले स्वागत मन्तब्य राखेका थिए । भने कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य मार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए ।

स्वागत तथा विदाइ कार्यक्रममा कक्षा १२ मा राम्रो नतिजा ल्याएर विदाइ हुने विद्यार्थीहरुलाई मायाको चिनो सहित बिदाइ गरिएको थियो भने कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरु र शिक्षकहरुलाई समेत स्वागत गरिएको थियो ।