Logo

बागमती पेज

चैत्र ९, २०७७ सोमबार

ग्यास सिलिन्डर विस्फोट हुँदा भक्तपुरमा ६ जना घाइते


काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका –५ सिर्जनानगरमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर विष्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) दिपक गिरीले बताए ।

विष्फोटबाट होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ वर्षीय टिकाराम बस्नेत, ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

झापा घर भएका १९ वर्षीय आदित्य सुवेदी, सुर्यविनायक–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा सामान्य घाइते छन् ।