Logo

बागमती पेज

चैत्र ११, २०७७ बुधबार

पर्यटकको आकर्षण बढाउन टोखामा होमस्टे तालिमको शुरुवात


काठमाडौं । टोखा नगरपालिकामा होमस्टे तालिमको शुरुवात भएको छ । टोखा-१ मा शोमबारबाट ७ दिने होमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिम शुरु भएको हो ।

टोखा-१ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले पर्यटकको आकर्षण बढाउन होमस्टे तालिमको शुरुवात गरिएको बताए । टोखाका विभिन्न महत्वपूणर् स्थानहरुमा घुम्न आउँने पर्यटकहरुलाई सहज र सुरक्षित महशुस होस् र महत्वपूणर् स्थलहरुबारे प्रशिक्षार्थीहरुले राम्रोसँग जानकारी गराउँदा पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

सहभागी प्रशिक्षार्थीहरुलाई राम्रो सँग होमस्टे तालिमको प्रशिक्षण लिइ अवलोकन गरि टोखा भित्रका महत्वपूणर् ठाँउहरुको बारेमा गहिरो अध्ययन अनुसन्धान गरी पर्यटकहरुलाई त्यसबारे जानकारी गराउँन आग्रह गरेका थिए ।

अध्यक्ष अधिकारीले टोखा-१ झोरको बौडेश्वर झरना, बार्है महिना पानी आउने जलेश्वर झरना लगायतका महत्वपूणर् स्थानहरुको प्रचारप्रसारमा विशेष भूमिका खेल्ने र धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन सके स्थानीयहरुको आर्थिक उन्नतीमा समेत टेवा पुग्ने बताए ।

कार्यक्रममा शिवपुरी बौडेश्वर सामुदायिक होमस्टेका अध्यक्ष तथा कार्यक्रम संयोजक रामकुमार अधिकारीले ७ दिने होमस्टे तालिममा ४ दिन सैद्धान्तिक ज्ञान र ३ दिन व्यवहारिक ज्ञानको प्रशिक्षण रहने जानकारी गराएका थिए । होमस्टेमा आएका पाहुनालाई कसरी स्वागत र सत्कार गर्ने, खाना कुन हिसाबले खुवाउने के-कस्तो खाना खुवाउने र आएका पाहुनाहरुलाई कसरी बिदाइ गर्ने भन्ने कुरा होमस्टेको महत्त्वपूणर् पक्ष रहेको बतउँदै त्यसमा विशेष ध्यान दिन समेत आग्रह गरे ।

नेपाल पर्यटन बोर्ड र टोखा नगरपालिकाको विशेष बजेटमा संचालन गरिएको तालिममा टोखा नगरपालिकाका भित्रका ३० जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएका छन् ।

‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको पहिचान’ भन्ने अवधारणा अनुरुप शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिले तालिमको आयोजना गरेको हो ।

तालिम कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, प्रवन्धक सुमन घिमिरे, प्रशिक्षकहरु होमस्टे एसोसिएसनका कोषाध्यक्ष सुरज बास्तोला, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह-ईन्चार्ज राज कुमार लामिछाने, कार्यक्रम संयोजक रामकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।