Logo

मेघनाथ पहाडी

चैत्र १२, २०७७ बिहीबार

सडक निर्माणलाई महत्वका साथ अगाडी बढाएका छौं : अध्यक्ष खड्का


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं.२ ले पूर्वाधार विकास निर्माणका कामलाई पहिलो प्राथमिकताका साथ अगाडी बढाएको छ । बूढानीलकण्ठ-२ का वडाध्यक्ष राजेन्द्र खड्काले स्थानीय निर्वाचनको बेला जनतामाझ लिएर गयको घोषणापत्र अनुसारका कामलाई अझ बढि महत्वका साथ अगाडी बढाईएको जनाएका छन् ।

जस अन्तर्गत पूर्वाधार विकास निर्माणका काममा पनि ढल र सडक निर्माणका कामलाई महत्वकासाथ अगाडी बढाईएको छ । त्यसमा पनि ढलको ९० प्रतिशत र सडक निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन् । अडाध्यक्ष राजेन्द्र खड्काका अनुसार वडा भित्रका मुख्य पञ्चकन्या-बदेली सडक ३ किलोमिटर निर्माण सम्पन्न, चपली-चुनिखेल सडक धोबिखोला सम्म २.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

त्यस्तै साप्रेढुंगा-तौलुङ सडक आंसिक २.५ किलोमिटर काम सम्पन्न भएको छ भने बाँकी कामले आगामी वर्ष पूणर्ता पाउने छ । रुद्रेश्वर मार्ग आधा ढलान भएको छ भने बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न हुुने छ । वडा भित्रका सम्पुर्ण मुख्य सडकहरु केन्द्रिय स्तरको बजेटबाट निर्माण गरिएको हो ।

हाल तीब्र गतिमा कालोपत्रे हुँदै गरेको भद्रबस्ति सडक गरेको १ किमि काम एक हप्ता भित्रमा पुरा हुनेछ । वडा भित्रका अन्य भित्रि सडकका कामहरु अर्को आर्थिक वर्ष भित्र पुर्ण रुपमा सम्पन्न गर्ने वडाध्यक्ष राजेन्द्र खड्काको दाबी छ ।

बूढानीलकण्ठ-२ मा पहिलो वर्षको बजेटमा ढललाई पहिलो प्राथमिकताका साथ अगाडी बढाएको थियो भने आगामी वर्ष सडक निर्माणका सम्पुर्ण काम पुरा गर्ने योजना रहेको जनाईएको छ ।

वडाध्यक्ष राजेन्द्र खड्काले पर्यटकको आकर्षण बढाउन महत्वपूणर् भमिका खेल्ने विभिन्न पार्क र मन्दिर निर्माणका कामलाई अगाडी बढाईएको बताएका छन् । जसमा कालिका पार्क निर्माणको काम पुर्ण रुपमा सम्पन्न भएको छ । काठमाडौं उपत्यका विकास प्रधिकरणको बजेटबाट कालिका पार्क निर्माण सम्पन्न गरिएको हो । ज्येष्ठ नागरिक पार्कको ५० प्रतिशत काम सम्पन्न भएको छ । ज्येष्ठ नागरिक पार्क भित्र रहेको भवन निर्माण लगायतका सम्पुर्ण कामहरु आगामी वर्ष पुणर् रुपमा सम्पन्न हुने योजना रहेको छ ।

महादेव कोलनी भित्र रहने योग भवन निर्माणको काम हुँदै गरेको छ र सोही स्थानमा आगामी वर्षमा पुष्प पार्क निर्माण हुने छ । रुद्रेश्वर ईको पार्कको डिपिआर तयार भईसकेको छ भने आगमी आर्थिक वर्ष भित्र यसको कामले गति लिने बूढानीलकण्ठ-२ को विश्वास रहेको छ ।

पञ्चकन्या मन्दिरको डिपिआर तयार भईसकेको छ नगरस्तरीय बजेट र प्रदेश स्तरिय बजेट बिनियोजन भईसकेको जनाईएको छ । यसको काम १ हप्ता पछिबाट शुरु हुन लागेको छ । पञ्चकन्या मन्दिर बहुवर्षे योजना हो ।

सम्पुर्ण घरमा पानी सहितको धारा
निर्वाचित हुनुभन्दा पहिला खानेपानीको चरम अभाव रहेको बूढानीलकण्ठ-२ मा हाल एक घर एक पानी सहितको धारा पुगेको छ । वडा भित्रका सम्पुर्ण घरधुरीमा पानी सहितको धारा उपलब्ध गराएको वडाध्यक्ष खड्काले दावी गरे । १४ सय भन्दा बढि घरधुरीले पानी प्रयोग गरेका छन् ।