Logo

बागमती पेज

चैत्र १६, २०७७ सोमबार

अविश्वासको प्रस्ताव ल्याउन देउवा तयार, जसपासँग खोजे लिखित सहमति


sher-bahadur-deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि र जसपा, नेपालले पनि अविश्वासको प्रस्ताव ल्याउनको लागि सहयोग गर्ने भनेर लिखित सहमति गरे आफू अघि बढ्ने तयारी गरेका छन् । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएका छन् ।

जसपाले लिखित रुपमा नै मलाई । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक-दुई दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताईसकेका छन् । तर, समर्थन फिर्ता लिन भने माओवादी केन्द्रले ठोस निर्णय लिन सकेको छैन् ।

हिजोमात्रै प्रज्ञा भवनको डबलीमा आयोजित बृहत्त नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अब आफूले धेरै नकुर्ने बताउँदै एक/दुई दिनभित्रै समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अहिलेसम्म सरकारको नेतृत्व लिनेगरि अग्रसर भएको छैन् । सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिनको लागि कुनै पहल नगरेको र गम्भीर नभएको कुरा पार्टीभित्रैबाट गुनासो भैरहेको छ । कतिपय नेताले प्रधानमन्त्री ओलीसँग सभापति देउवाको अघोषित साँठगाँठ रहेको समेत आरोप लगाउन थालेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने बरु संसदबाट विश्वासको मत लिने जनाईसकेका छन् । पछिल्लो समय कांग्रेस सभापति देउवाले आफू अविश्वासको प्रस्ताव लैजानको लागि तयार रहेको तर त्यसको लागि माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने र अविश्वासको प्रस्तावमा समर्थन गर्ने भनेर जसपा नेपालले लिखित रुपमै सहमति गर्नुपर्ने भनाई राखेका छन् । सभापति देउवा हिजो र र आज लगातार आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा आफू सरकारको नेतृत्व लिन तयार रहेको कुरा बताएको स्रोतको दाबी छ ।