Logo

बागमती पेज

चैत्र १७, २०७७ मंगलबार

कागेश्वरी नगरले शुरु गर्यो निःशुल्क शव वाहन सेवा


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क शव वाहन सेवा संचालन गरेको  छ । नगरले २०७७ चैत्र १६ गते देखि शव वाहन सेवा संचालन गरेको हो ।

नगरपालिकाको  ६६ औं कार्यपालिका बैठकले निःशुल्क शव वाहन संचालनमा ल्याउने निणर्य गरेको थियो । सोहि निणर्य अनुसार नगरपालिकाले चैत्र १६ गते देखि शव वाहन संचालनमा ल्याएको हो ।

काठमाडौंको पूर्वी  क्षेत्र गोकणर्ेश्वर, शंखरापुर, कामनपा वडा न ३२ पेप्सीकोला र कागेश्वरी मनोहरा नगर क्षेत्र भित्र निःशुल्क प्रयोग गर्न पाउने गरि नगरपालिकाले शव वाहन सेवा संचालन गरेको नगर प्रमुख कृष्णहरि थापाले जनाएका छन् ।

नगरपालिकामा  शव वाहन सेवा नहुदा नगरबासीले सास्ति बेहोर्नु परेको भन्दै नगरपालिकाले शव वाहन खरिद गरेको थियो । नगरबासी जो कोहिलाई यो सेवा आवश्यक परेमा नगरपालिकाको निम्न नम्बरहरुमा संम्पर्क गर्न समेत नगरले आग्रह गरेको छ ।

सम्पर्क फोनः ९८६०८५८५१८