नगरपालिकाको ६६ औं कार्यपालिका बैठकले निःशुल्क शव वाहन संचालनमा ल्याउने निणर्य गरेको थियो । सोहि निणर्य अनुसार नगरपालिकाले चैत्र १६ गते देखि शव वाहन संचालनमा ल्याएको हो ।
काठमाडौंको पूर्वी क्षेत्र गोकणर्ेश्वर, शंखरापुर, कामनपा वडा न ३२ पेप्सीकोला र कागेश्वरी मनोहरा नगर क्षेत्र भित्र निःशुल्क प्रयोग गर्न पाउने गरि नगरपालिकाले शव वाहन सेवा संचालन गरेको नगर प्रमुख कृष्णहरि थापाले जनाएका छन् ।
नगरपालिकामा शव वाहन सेवा नहुदा नगरबासीले सास्ति बेहोर्नु परेको भन्दै नगरपालिकाले शव वाहन खरिद गरेको थियो । नगरबासी जो कोहिलाई यो सेवा आवश्यक परेमा नगरपालिकाको निम्न नम्बरहरुमा संम्पर्क गर्न समेत नगरले आग्रह गरेको छ ।
सम्पर्क फोनः ९८६०८५८५१८
प्रतिक्रिया दिनुहोस्