Logo

बागमती पेज

चैत्र २१, २०७७ शनिबार

नागार्जुनमा खानेपानी ट्याङकी निर्माणको शिल्यान्यास


काठमाडौं । नागार्जुन नगरपालिकामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी अन्र्तगतको कार्यक्रमबाट खानेपानी ट्याङकी निर्माणको शिल्यान्यास गरिएको छ ।

काठमाडौं क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत नागार्जुन-४ स्थित बालकुमारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी ट्याङकी निर्माणको लागि प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर सुशीला अधिकारीबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो ।

Jeevanram and Astalaxmi

खानेपानी ट्याङकी निर्माणमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट बिनियोजित रकम रु.१५,००,०००/- (पन्ध्र लाख), प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट बिनियोजित रकम रु.२०,००,०००/- (बिस लाख), र उपभोक्ता मार्फत रु.४,९९९७५.७१/- योगदान भएको छ । जसमा खानेपानी ट्याङकीको कुल लागत इष्टिमेट रु.३८,९४९७५.७१/- बाट पुरा गर्नेछ ।

उक्त कार्यक्रममा नागार्जुन नगरपालिकाका वडा सदस्य सुशीला नेपाल, बालकुमारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी ट्याङकी निर्माणका अध्यक्ष लक्ष्मीराम शर्मा, सचिब शाश्वत सूबेदी, कोषाध्यक्ष मिरा मानन्धर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।