Logo

बागमती पेज

चैत्र २३, २०७७ सोमबार

नेकपा एमाले काठमाडौं समानान्तर कमिटी अध्यक्षमा मानन्धर र सचिवमा कार्की


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा भएको छ । शनिबार बुद्दनगर पार्टी प्यालेसमा भएको भेलाबाट अध्यक्षमा बसन्त मानन्धर र सचिवमा कुसकु कुमार कार्कीलाई चयन गरिएको हो ।

त्यस्तै उक्त कमिटीको उपाध्यक्षमा शोभा सापकोटा चयन भएकी छन् भने सह-सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् । अध्यक्ष मानन्धर र सचिव कार्की दुवै जना बागमती प्रदेशसभा सदस्य हुन् भने उपाध्यक्ष सापकोटा काठमाडौं महानगरपालिका वडा नं १४ की वडाध्यक्ष हुन् ।

उक्त भेलालाई नेकपा एमालेका बरिस्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।