Logo

बागमती पेज

चैत्र २५, २०७७ बुधबार

लक्ष्मी प्रसाद देवकोटा संग्रहालय निर्माणका लागि दुई करोड ५० लाख


काठमाडौं । नेपाली साहित्यका मुर्धन्य विभूति महाकवि लक्ष्मी प्रसाद देवकोटाको निवासलाई साहित्यिक अध्ययन र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्नका लागि सरकारले दुई करोड ५० लाख बजेट बिनियोजन व्यवस्थापन गरेको छ । लक्ष्मी प्रसाद देवकोटा संग्रहालय निर्माणका लागि दुई करोड ५० लाख बिनियोजन गरिएको छ ।

लक्ष्मी प्रसाद देवकोटा संग्रहालय निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा दुई करोड ५० लाख बजेट बिनियोजन गरिएको हो ।

काठमाडौं क्षेत्र नं ४ को वडा नं ३० मा रहेको सो कविकुन्जको स्थलगत निरीक्षण पश्चात नेपाल प्रज्ञा प्रतिष्ठान संगको समन्वयमा विस्तृत योजना कार्यान्वयनको लागि बजेट व्यवस्थापन गरिएको डा. भट्टराईले बताएका छन् ।

डा. राजन भट्टराईले महत्वपूणर् साहित्यिक सम्पदाका रुपमा रहेको संग्रहालय निर्माण पश्चात त्यसलाई प्राज्ञिक अनुसन्धान र विमर्शको विन्दुका रुपमा विकास गर्न पहल गर्ने र सक्रियता देखाउने नेपाल प्रज्ञा प्रतिष्ठान लगायत सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

केहि समय पहिला संग्रहालय निर्माणको प्रगती र अवस्थाका बारेमा स्थलगत निरीक्षण र सरोकारवाला संग अन्तरक्रिया गरिएको जानकारी दिदै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का संयोजक तेज ढकालले कवि कुन्जले साहित्यिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन् ।