Logo

बागमती पेज

चैत्र २७, २०७७ शुक्रबार

गोकर्णेश्वरमा नयाँ वर्ष २०७८ सालको  शुभकामना आदान-प्रदान


काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नयाँ वर्ष २०७८ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ  ।

नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य अम्बिका बस्नेत रहेकी थिइन ।

कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालीसे, नेपाली काङ्ग्रेस सूचना तथा प्रचार प्रसारका सदस्य बिमाल ठकुरी, नेपाली काङ्ग्रेस गोकर्णेश्वर नगरपालिका-८ इकाई सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्त एवं वडा नं ८ का वडाध्यक्ष मनोज कुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ गोकर्णेश्वर नगरपालिका वडा नं  ६ का वडा अध्यक्ष रमेश अर्याल लगायत नेपाली काङ्ग्रेस सदस्यहरु ल्गायतको उपस्थिति रहेको  थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सूचना तथा प्रचार प्रसारका सदस्य बिमल ठकुरीले कोरोना संक्रमणको जोखिम र त्रास सचेतना  पुर्वक सामना गर्न अनुरोध गर्दै नया वर्ष २०७८ सालको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गोकणर्ेश्वर नगरपालिका  ८ इकाई सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्त एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले विश्वव्यापी रुपमा फैलिएको कोरोना कहरलाई मध्यनजर गर्दै नयाँ वर्ष मनाउन अनुरोध गरेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा सङ्गठित गर्न, गाउँ-नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि नेपाली कांग्रेस क्रियाशील रहेको बताइन् । उनले कोरोनाको दोश्रो लहर देखिएको बताउँदै सचेत रहदै स्वास्थ्य मापदण्ड अपनाएर दैनिक जीवन यापनमा लाग्न अनुरोध गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीले गरेकी थिइन् भने कार्यक्रम संचालन संचारकर्मी दिपक लामिछानेले गरेका थिए ।