Logo

बागमती पेज

चैत्र २९, २०७७ आईतबार

जिपी कोइराला क्याम्पसको विद्यार्थी ओरेन्टेशन कार्यक्रम सम्पन्न


काठमाडौं । जिपी कोइराला मेमोरियल सामुदायिक क्याम्पसले विद्यार्थी ओरेन्टेशन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको चाबहिल स्थित सिफलमा रहेको जिपी क्याम्पसले आफ्नै प्रांगणमा एक कार्यक्रम आयोजना गर्दै विद्यार्थी ओरेन्टेशन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेतृ सुजता कोइरालाले स्व. गिरिजा प्रसाद कोइरालालाई सम्झदैँ गिरिजा बाबु प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको जानकारी गराईन् । सबैले समान रुपमा पढ्न पाउनुपर्छ भन्ने गिरिजा बाबुको सपना जीपी क्याम्पसले पुरा गर्न आवश्य रहेको धारणा व्यक्त गरिन् । उनले गिरिजा बाबुको यो सपना पुरा गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएकी थिईन् । नेतृ सुजता कोइरालाले सम्पुर्ण विद्यार्थीहरुको उज्वल शैक्षिक यात्राको शुभकामना समेत व्यक्त गरिन् ।

यस्तै कार्यक्रमका सभापती एवं प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधानले आर्थिक अभावकका कारण कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका जिपी कोइराला क्याम्पसको स्थापना गरिएको बताए ।

त्यसैगरी जिपी कलेजका संस्थापक एवं बागमती प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले करिब १० विद्यार्थीहरुबाट सुरु गरिएको जिपीमा अहिले ३५ सय विद्यार्थीहरुले अध्ययन गरिरहेको देख्दा निकै उत्साहित भएको बताएका थिए ।

क्याम्पस प्रमुख शिव अधिकारीले क्याम्पसको बारेमा जानकारी प्रदान गरेका थिए । उनले जिपी कोइराला क्याम्पस अहिले विद्यार्थीहरुको रोजाइको केन्द्र बनिरहेको जानकारी गराउँदै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा दिन जिपी टिम सदैव लाग्ने प्रतिवद्धता जनाए ।

काग्रेस नेतृ सुजता कोइरालाको प्रमुख आतिथ्यतामा गरिएको आरेन्टेशन कार्यक्रमको अध्यक्षता क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधानले गरेका थिए, भने कार्यक्रम संचालकको भुमिका डिबी बोहराले निभाएका थिए ।

कार्यक्रममा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, संस्थागत क्याम्पस प्रमुख खिला सापकोटा, नेपाली कांग्रेसका नेता श्याम डोटेल, लोक गायिका टिका सानु, लोक गायक अमृत सापकोटा, कलेजका प्राध्यापक तथा विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।

नवआगन्तुक विद्यार्थीहरुलाई क्याम्पसको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्याम्पसका प्राध्यापकको परिचय, विद्यार्थीहरुले निर्वाह गर्नु पर्ने भुमिका विषयकाका विषयमा ध्यानाकर्षण गरिएको थियो ।