Logo

बागमती पेज

चैत्र ३०, २०७७ सोमबार

हावाहुरी पिडित कृषकलाई बूढानीलकण्ठले सहयोग गर्ने


काठमाडौं । हावाहुरीका कारण निकै क्षति पुगेर समस्यामा परेका पिडित कृषकहरुलाई बूढानीलकण्ठ नगरपालिकाले सहयोग गर्ने भएको छ । नगर प्रमुख उद्दव खरेलले वडा नं १३ चुनिखेलका कृषकहरुलाई भेटेर सहयोग गर्ने प्रतिवद्धत्ता जनाएका छन् ।

नगर प्रमुख खरेलले भने, ‘कृषि गर्ने व्यवसायीहरुलाई मार्का नपरोस, कृषकहरुलाई थप सहयोग र कृषि गर्ने उत्प्रेरणा मिलोस् भन्ने उदेश्यका साथ नगरले आवश्यक सहयोग गर्ने भएको हो ।’

नगरपालिकाले कृषि विशेष क्षेत्रका रुपमा अगाडी सारेको चुनिखेलमा रहेका विभिन्न तरकारी खेतिको संरचनामा हावाहुरीले अशर गरेपछि नगर प्रमुख खरेल स्थलगत निरीक्षणमा पुगेका थिए ।

चुनिखेलका विभिन्न तरकारी खेतिको निरीक्षण र कृषकहरु संगको छलफल पश्चात प्रमुख खरेलले उनीहरुको राहत र सहयोगका लागि नगरपालिकाले पहल गर्ने बताएको चुनदेवी कृषि सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।