Logo

बागमती पेज

चैत्र ३०, २०७७ सोमबार

नयाँ वर्षको अवसरमा ‘अतिथि किचेन कपन’को डिजे एण्ड सोलो सङ कार्यक्रम


काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा ‘अतिथि किचेन कपन’ले डिजे एण्ड सोलो सङ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कपनको नारायण चोकमा रहेको ‘अतिथि किचेन रेष्टुरेण्ट एण्ड बार’ले नयाँ वर्षको शुभकामना आदान-प्रदान तथा डिजे एण्ड सोलो सङमा खानाका परिकारमा भारी छुट सहितको व्यवस्था गरेको संचालक कुमार पौडेलले जनाएका छन् ।

संचालक प्रेम श्रेष्ठका अनुसार चैत्र ३१ गते साझ ५ देखि बेलुकी ९ बजे सम्म हुन लागेको डिजे एण्ड सोलो सङ कार्यक्रम विशेष रुपमा मनाउने तयारी गरिएको हो । श्रेष्ठका अनुसार खानाका संम्पुर्ण परिकारमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो ।

संचालक द्वय पौडेल र श्रेष्ठका अनुसार अतिथि किचेनले सस्तो र सहज मुल्यमा सफा, शुद्ध र स्वादिलो खानेकुराको सेवा दिँदै आएको छ । विगत देखिनै हरेक साताको शुक्रबार लाईभ म्युजिक गर्दै आएको समेत छ । त्यसैगरी आगामी महिना देखि हरेक साताको शुक्रबार र शनिबार विशेष किसिमका लाईभ म्युजिक, डिजे एण्ड सोलो सङ लगायतलाई विशेष जोड दिईने भएको हो ।

अतिथि किचेनले अतिथि किचेन रेष्टुरेण्ट एण्ड बार कपन खानाका विशेष परिकारहरुमा चिकेन टिक्का, मङ्गोलियन भेज, मुस्ताङ्गे आलु, स्टफ ग्रिल चिकेन, ईटालिएन फुड परिकार, मिडिल ईष्ट फुड, र इन्डियन फुड, नेवारी खाजा सेटहरु, सम्पुर्ण बर्गर परिकार, सेकुवा आईटम लगायतका सम्पुर्ण खानाका परिकारहरु पाईन्छ ।