Logo

मेघनाथ पहाडी

बैशाख १०, २०७८ शुक्रबार

सांसद गणेश पहाडी र हिरा केसी माधव गुट छाड्ने, एमालेको मुलप्रवाहमा रहने प्रतिवद्धता…


काठमाडौं । सांसद गणेश पहाडी र हिरा केसीले माधवकुमार नेपालको गुट छाडेर पार्टीको मुलप्रवाहामा सहभागिता जनाउने भएका छन् ।

नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीले सोधेको स्पष्टिकरणको जवाफ दिनेक्रममा सांसद पहाडी र केसी दुबैले पार्टीको मुलप्रवाहमा रहने प्रतिवद्धता जनाएका हुन् ।

शुक्रबारको बैठमा भएको ब्रिफिङ अनुसार सबैजसो सांसदहरूले सफ्ट कर्नरबाट जवाफ दिएका छन् । योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्ट बाहेकले स्पष्टिकरण बुझाएका थिए ।