Logo

बागमती पेज

बैशाख १२, २०७८ आईतबार

अत्याधुनिक बसपार्क निर्माण गर्दै कागेश्वरी मनोहरा


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले अत्याधुनिक बसपार्क निर्माण गर्ने भएको छ । नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरपालिका-१ को अड्डापट्टीमा अत्याधुनिक बसपार्क निर्माण गर्ने निणर्य गरेको हो ।

नगर प्रमुख कृष्णहरि थापाका अनुसार २४ करोडको लागतमा निर्माण हुने बसपार्क अत्याधुनीक र सुविधा सम्पन्न हुने छ । कार्यपालिका बैठकले बसपार्क निर्माणका लागि नगर बिकास कोष संग समन्वय गरी तत्काल निर्माण प्रक्रिया अगाडी बढाउने निणर्य गरेको नगर प्रमुख थापाले बताए ।

नगरपालिकाको सभाहलमा बसेको नगर कार्यपालिकाको ६७ औं बैठकमा नगर उप-प्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत विभिन्न वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।