Logo

बागमती पेज

बैशाख १४, २०७८ मंगलबार

सांसद प्रदीप कटुवालद्वारा तिनपाटन-१ को वडा कार्यालय भवन उद्घाटन


सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं. १ बेलघारीको वडा कार्यालयको भवन उदघाटन गरिएको छ । बागमती प्रदेशका सांसद प्रदीप कटुवालले उक्त भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै सांसद प्रदीप कटुवालले आफ्नै भवनमा वडा कार्यालय राख्नु राम्रो र सकारात्मक कुरा रहेको धारणा व्यक्त गरे । उनले भने, ‘भवनको बाहिरी रुप राम्रो भएर मात्र हुँदैन वडाले जनताको सेवा प्रति ध्यान दिन आवश्यक छ ।’

सांसद कटुवालले तिनपाटन गाउँपालिकामा विगतमा सहयोग गरेको जानकारी गराउँदै उनले पालिका तथा वडालाई आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

गाउँपालिका अध्यक्ष कणर्बहादुर मगरले जनताको सेवामा ध्यान दिन अनुरोध गर्दे वडामाका समस्या समाधान गर्न आफू तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

स्थानीय बोधराज पौडेलले १ कठ्ठा जाग्गा प्रदान गरेपछि तत्कालीन शान्ति तथा पुनः निर्माण मन्त्रालय स्थानीय शान्ति समिति सिन्धुलीको १७ लाख र गाउँपालिकाको ३० लाख लागतमा सभाहल सहित चार कोठे पक्की भबन निर्माण गरिएको छ ।

कार्यक्रमका वक्ताहरुले सेवा प्रवाहमा विभेद नगर्न र सेवाग्राहीलाई कार्यलयमा प्रवेश गर्दा आफ्नै कार्यालयको रुपमा लिन आग्रह गरेका थिए । कर्यालयमा कम्पाउण्ड र शौचालयको व्यवस्थापमा ध्यान दिन समेत अनुरोध गरेका थिए ।

भवन उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष कणर्बहादुर मगर, उपाध्यक्ष पदममाया तामाङ, नेकपा एमाले गाउँकमिटी अध्यक्ष छत्र दहाल, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद सुवेदी, जग्गादाता बोधराज पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगरपालिका अध्यक्ष बिष्णु प्रसाद फुँयाल लगायतको आतिथ्यता तथा वडा अध्यक्ष गोबिन्द राउतको अध्यक्षतामा भवनको उद्घाटन गरिएको थियो ।