Logo

बागमती पेज

बैशाख १५, २०७८ बुधबार

बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, राज्यमन्त्रीमा प्रदीप कटुवाल


काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रदीप कटुवाल राज्यमन्त्री बन्ने भएका हुन् ।

११ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । जसमा रामेश्वर फुँयालबाहेक सबै मन्त्री नयाँ नियुक्त गरेको प्रदेशको स्रोतले जानाएको छ ।

मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेत रहेका छन् भने राज्यमन्त्रीमा प्रदीप कटुवाल, डा. रामकुमार अधिकारी, जुनेली श्रेष्ठ लगायत रहेका छन् ।

स्रोतका अनुसार दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नविनयुक्त मन्त्रीहरूको सपथ ग्रहण गराउँने छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्री र राज्यमन्त्रीमा नियुक्त सबैलाइ हेटौँडा बोलाएको छ ।