Logo

बागमती पेज

बैशाख १७, २०७८ शुक्रबार

फ्रेण्डशिप अस्पतालमा कोभिडको उपचार शुरु


काठमाडौं । फ्रेण्डशिप कम्यूनिटी हस्पिटलमा कोभिडको उपचार शुरु गरिएको छ । राजधानीको सुकेधारामा रहेको फ्रेण्डशिप अस्पतालले कोभिड सम्बन्धि उपचार सेवा शुरु गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि सबै व्यवस्थापकीय तयारी गरेर सेवा शुरु गरिएको अस्पताल सञ्चालक समितिका सदस्य राजन धमलाले जानकारी दिए ।

उनका अनुसार कोभिड अस्पतालबाट प्रवाह हुने सबै सेवा फ्रेण्डशिप अस्पतालबाट उपलब्ध हुनेछन् । ‘कोभिडका बिरामीले राजधानीमा सुविधा सम्पन्न अत्याधुनिक सेवाको अस्पताल खोजेर भौंतारिनु पर्दैन । हामीलाई ०१-४४४०२०१ मा फोन गरेर सम्झन सक्नुहुन्छ ।’ धमलाले भने, ‘हाम्रो अस्पताल यहाँहरुकै सेवामा समर्पित छ ।

अहिलेको अवस्थामा कोभिडका विरामी राखेर उपचार गर्ने र अन्य इमर्जेन्सी सेवा पनि उपलब्ध गराउने हाम्रो लक्ष्य हो । कोही समस्यामा पर्नुभएको भए आउनुस् स्वागत छ ।’ राजधानीमा महंगो शुल्क तिरेर लाइन बसेर उपचार गर्नुपर्ने नागरिकको बाध्यताका बिच फ्रेण्डशिप अस्पतालले कोभिड उपचार शुरु गरेको छ ।

अस्पतालसँग सिधा सम्पर्क नहुँदा संक्रमितहरु घरैमा बसेर कोरोनासँग लडिरहेका छन् । यस्तो अवस्थामा फेण्डसिप अस्पतालले उपचार सेवा र परामर्श समेत दिईरहेको छ ।