Logo

मेघनाथ पहाडी

बैशाख १८, २०७८ शनिबार

फिक्कलमा राजश्व बढि उठाएको भन्दै योङ कम्युनिष्ट लिगको ध्यानाकर्षण


सिन्धुली । फिक्कल गाउँपालिका भित्र रहेका खोला तथा नदिबाट निकालिने गिट्टी, ढुङ्गा तथा बालुवाको राजश्वमा पालिकाको ध्यानाकर्षण गरिएको छ । मुल्य अत्याधिक बढि भएको र जनता मारमा परेका भन्दै योङ कम्युनिष्ट लिग फिक्कलले मुल्य घटाउन जोडदार माग गरेको हो ।

योङ कम्युनिष्ट लिग फिक्कलका संयोजक छबिरमण पहाडीका अनुसार फिक्कलवासी जनताले आफ्नो नीजि प्रयोजनका लागि प्रयोग गर्दा लिईने राजश्व प्रति ट्याक्टर रु ६०० भनेर तोकिएको छ । यो मुल्य यहाँका जनतालाई मार पर्ने खालको भएको बुझिएकाले यसलाई तत्काल अर्को निणर्य गरी विगतको वर्षमा प्रति ट्याक्टर २०० रहेको थियो त्यसैलाई यथावत गर्न ध्यानाकर्षण गरिएको छ ।

खोला तथा नदिबाट निकालिने गिट्टी, ढुङ्गा तथा बालुवाको मुल्यमा जनतालाई सर्वसुलभ हुने गरी पालिकाले पुनःविचार गरि जनता मारमा नपर्नेगरी सर्वसुलब मुल्य उपलब्ध गराउन योङ कम्युनिष्ट लिग फिक्कलले जोडदार माग गरेको छ ।