Logo

बागमती पेज

बैशाख १९, २०७८ आईतबार

बूढानीलकण्ठका खाद्यान्न तथा तरकारी पसलमा डिसइन्फेक्सन अभियान शुरु


काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बूढानीलकण्ठ नगरपालिका -१० ले खाद्यान्न तथा तरकारी पसलमा डिसइन्फेक्सन अभियान शुरु गरिएको छ ।

निसेधाग्याको समयलाइ ख्याल गर्दै बिहान बेलुकि वडाभित्रका खाध्यान्न तथा तरकारि पसल दिनको २ पटक डिसइन्फेक्सन गर्न थालिएको छ । एकपटक कुनै पनि खाध्यान तथा तरकारि पसल डिसइन्फेक्सन गरे पस्चात उक्त स्थान ६ घन्टा सम्म Disinfected बनाउन सकिन्छ ।

बुनपा १० क्षेत्रमा निसेधाग्याको समयमा खाध्यान्न तथा तरकारि पसल बिहान ६ बजे देखि १० बजे सम्म र बेलुकि ५ बजे देखि ७ बजेसम्म दिनमा २ पटक मात्र खुल्ने गरेको वडाध्यक्ष नवराज भट्टराईले बागमती पेजलाई जनाएका छन् ।

यस अभियानको उद्देश्य आम जनमानसलाइ सुरक्षित स्थानमा दैनिक उपभोग्य सामाग्री खरिद गर्ने बाताबरण निर्माण सङ्गै आफ्नो घर तथा वरिपरिको क्षेत्रमा पनि डिसइन्फेक्सन गर्न वडावासीलाई सुसुचित गर्दै नागरिक सचेतना अभिवृद्दि गर्ने मुख्य लक्ष्य रहेको बूनपा-१० का वडाध्यक्ष नवराज भट्टराइले बताए ।

स्वयम्सेवक परिचालन कार्य नारायण चोक युबा क्लब र एन एच आरसिएन लगायतको बिभिन्न सङ्घ सनस्थाको प्रतिनिधि मार्फत दैनिक ५ जना स्वयंमसेवकहरुको समूह परिचालन गरिएको छ । अभियानमा सजिलो मिस्त्री नामक संस्था सहयोगिका रुपमा रहेको छ ।

कोभिड-१९ को महामारिको दोश्रो कहर लगत्तै हाल काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा निसेधाग्या जारि गरिएको छ । जनसंख्याको हिसाबले देशभरिकै नगरपालिकाहरुमा सबै भन्दा ठुलो काठमाडौंको बुढानिलकन्ठ नगरपालिका रहेको छ । यस नगरपालिकाको जनघनत्वको हिसाबले सबैभन्दा ठुलो वडा नं १० रहेको छ ।

हाल यस बूनपा-१०मा ४४ जना कोभिड-१९ संक्रमितका बिरामि रहेका छन् । कोभिड-१९ को बढ्डो संक्रमणलाई मध्यनजर गर्दै वडा भित्र करिब १५ बेड्को आइसोलेसन सेन्टर यसै साताबाट संचालनमा ल्याउन लागिएको समेत वडाध्यक्ष भट्टराइले जनाएका छन् ।