Logo

बागमती पेज

बैशाख २२, २०७८ बुधबार

बूढानीलकण्ठका ६५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४१ पुग्यो


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा ६५ जना कोरोना संक्रमित थपिएका छन् । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३२ जना महिला र ३३ जना पुरुष रहेको जनाएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र १६३ जना महिला र १७८ जना पुरुष गरी कुल ३४१ जनामा संक्रमण देखिएको छ जस्मा २२२ जना होम आईसोलेसनमा छन् भने ६ जना पुरुष र ५ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएका छन् ।

वडागत विवरणः
वडा नं १ : १ महिला
वडा नं २ : १ महिला र ३ पुरुष
वडा नं ३ : २ महिला र १ पुरुष
वडा नं ४ : ५ महिला र ५ पुरुष
वडा नं ६ : १ महिला र ४ पुरुष
वडा नं ७ : २ महिला र ३ पुरुष
वडा नं ८ : ६ महिला र ६ पुरुष
वडा नं ९ : २ महिला
वडा नं १० : ८ महिला र ६ पुरुष
वडा नं १२ : १ महिला र ३ पुरुष