Logo

बागमती पेज

बैशाख २२, २०७८ बुधबार

बूढानीलकण्ठका थप ८० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४२९ पुग्यो


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा बुधबार ८० जनामा कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार संक्रमित मध्ये ४१ जना महिला र ३९ जना पुरुष रहेका छन् ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र २०४ जना महिला र २१७ जना पुरुष गरी कुल ४२९ जनामा संक्रमण देखिएको छ । जसमा ५१ महिला र ५६ पुरुष गरी १०७ जना संक्रमणबाट मुक्त भएका छन् ।

बैशाख २२ गते बुधबारको वडागत विवरणः

वडा नं १ : ३ पुरुष
वडा नं २ :  ५ महिला र  ५ पुरुष
वडा नं ३ :  ३ महिला र  २ पुरुष
वडा नं ५ : १ पुरुष
वडा नं ६ :  २ महिला
वडा नं ७ :  २ महिला र  २ पुरुष
वडा नं ८ :  ८ महिला र  ४ पुरुष
वडा नं ९ :  ४ महिला र २ पुरुष
वडा नं १० :  ६ महिला र  ११ पुरुष
वडा नं १२ :  ६ महिला र  २ पुरुष
वडा नं १३ :  २ महिला रहेका छन् ।