Logo

बागमती पेज

बैशाख २३, २०७८ बिहीबार

लिच्छवि र मल्लकालीन सम्पदा जोगाउँदै प्रदेश सरकार


काठमाडौं । बागमती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचिन सम्पदाको संरक्षण एवम् सम्वर्द्धनमा चासो देखाएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएकोे ढुंगेधारा तथा विभिन्न गढी सम्पदाको संरक्षणका योजनाहरु अघि सारेको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालका अनुसार संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका प्राचिन सम्पदाहरूलाई मौलिकताको आधारमा पुनः निर्माणको काममा तीब्रता दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा रहेका उक्त सम्पदाहरूको संरक्षणका योजनाहरु कार्यान्वयन गर्ने समेत उनले बताए ।

मन्त्री फुँयालका अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्वर -२ पुरानो पालुङ गाउँमा दुई वटा, वडा नम्वर-९ चित्लाङको गुर्जु धारा, नारायणहिटीको ८ र हेटौँडा उपमहानगरपालिका वडा नम्वर-९ मा १ गरी ११ वटा ढुंगेधाराको पुनः निर्माणको काम भइसकेको र जेष्ठ मसान्त भित्रमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

स्थानीय तहलाई हस्तान्तरण गरेपश्चात् उक्त सम्पदाको विकास एवम् संरक्षण सम्पूर्ण काम स्थानीय तहले नै गर्ने उनले बताए । नुवाकोट, काठमाडौं जिल्लाको शंखरापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक/एक वटा गरी ३ वटा ढुंगेधाराको निर्माण कार्य सम्पन्न भएको र सो कार्यक्रम कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयसँगको सहकार्यमा जनतालाई रोजगारीको अवसर उपलब्ध गराउने योजना रहेको पनि मन्त्री फुँयालले बताए ।