Logo

बागमती पेज

बैशाख २४, २०७८ शुक्रबार

बूढानीलकण्ठमा २५ बेड सहितको निःशुल्क आइसोलेशन सेन्टर संचालन


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ बाँडेपाखा स्थित बि.एम.सी.ए विद्यालयमा २५ बेड सहितको निःशुल्क आइसोलेशन सेन्टर तयार सम्पन्न भएपश्चात आजबाट संचालनमा आएको छ ।

बूढानीलकण्ठ नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र खड्काका अनुुसार निःशुल्क आइसोलेशन सेन्टरमा १ चिकित्सक, १ स्टाफ नर्स र १ प्यारामेडिकको टोली रहको छ । उक्त टोलीलाइ १५ दिन खटाइने छ र १५ दिन क्वारेन्टिनमा राखिने छ । क्वारेन्टिनमा राखे पश्चात कोभिड टेस्ट गरि नेगेटिभ देखाइसके पछि मात्रै उनीहरूलाइ पुनः आइसोलेशन सेन्टरमा खटाइने वडाध्यक्ष खड्काले बागमती पेजलाई जानकारी दिएका छन् ।

नगरभित्र डेरा बस्दै आएका तथा आफ्नै घर भएतापनि अपर्याप्त श्रोत र ठाँउका कारणले सेल्फ आइसोलेसन मापदण्ड पुरा गर्न नसक्ने व्यक्तिहरूलाइ आइसोलेशन सेन्टरमा राखिने छ । याँहा २ वटा अक्सिजन सिलिन्डरको पनि व्यवस्था रहेको हुँदा भर्ना भइसकेका बिरामीहरूलाइ सास फेर्न गाह्रो भएमा अक्सिजन पनि उपलब्ध गराइने वडा सदस्य राजेन्द्र श्रेष्ठले जनाएका छन् । यसका साथै नियमित खानपिन, दिनको २ पटक सरसफाइ र २४ सै घण्टा सेवाका लागि सहायक कर्मचारी समेत खटाइएको छ ।

परामर्श तथा सहयोगको लागि बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा, मेडिकल अधिकृत डा अन्कित पौडेल लाइ ९८४९ ६४ ९६ ४४ वा जनस्वास्थ्य अधिकृत उपमा दाहाललाइ ९८४३ ६३ १२ २७ मा सम्पर्क गर्न सक्नु हुने छ । आवश्यक्ता अनुसार सेन्टरमा थप १० वटा बेडको समेत व्यवस्था गरिने छ ।