Logo

बागमती पेज

बैशाख २४, २०७८ शुक्रबार

सीता प्रोडक्टलाई दक्षिणकाली नगरपालिकाले पानीको व्यवस्थापन गर्ने


काठमाडौं । नगरपालिका भित्र संचालनमा रहेको सीता प्रोडक्ट प्रा.लि.लाई दक्षिणकाली नगरपालिकाले आवश्यक पानीको व्यवस्थापन गर्ने भएको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना माहामारीमा अक्सिजनको अधिक माग बढे अनुसार अक्सिजन उत्पादनमा पानीको खपत ज्यादा हुने भएकाले कम्पनीको आवश्यक्ता अनुसार दक्षिणकाली नगरपालिका, वडा नं. १ र चाल्नाखेल खानेपानी उपभोत्ता समितिको सहकार्यमा पानीको व्यवस्थापन गर्ने भएको हो ।

नगर प्रमुख मोहन बस्नेतका अनुसार अक्सिजन उत्पादनमा सहज होस् र गुणस्तरीय उत्पादनमा कमी नआवस् भन्ने उदेश्यका साथ दक्षिणकाली नगरपालिकाले आवश्यक पानीको सहजिकरण र व्यवस्थापन गरेको हो ।

उप-प्रमुख बसन्ती तामाङले अक्जिन प्लान्ट प्रोडक्सनलाई पानीको समस्या तथा आवश्यक्ता भएका कारण उनीहरुको आवश्यक्ता र माग अनुसार पानीको व्यवस्था गरिएको जनाईन् । अझ बढि उत्पादनमा सहजता होस् भनेर नगरले सो व्यवस्थापन गर्ने भएको समेत उनले जानकारी गराईन् ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष जय थापा मगर, चाल्नाखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेश परियार, लगायत अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कोरोना माहामारी रोकथाम, नियन्त्रण तथा सहजताको लागि थप सहयोग पुग्ने उदेश्यले दक्षिणकाली नगरपालिका र चाल्नाखेल खानेपानी उपभोत्ता समितिको सहकार्यमा नगरभित्र संचालनमा रहेको सीता अक्जिन प्लान्ट प्रोडक्सनलाई पानीको सहजता गराईने भएको हो ।