Logo

बागमती पेज

बैशाख २५, २०७८ शनिबार

अमेरिकी सरकारद्वारा कोभिड -१९ बाट प्रभावित रेष्टुरेन्ट एवं खाद्य तथा पेय पदार्थ विक्रेताहरूको उद्दार


अमेरिका । क्विन्स् टुगेदरका कार्यकारी निर्देशक जोनाथन फार्गोसको सकृयता र संयोजनमा कोभिड-१९ बाट प्रभावित रेष्टुरेन्ट एवं खाद्य तथा पेय पदार्थ विक्रेताहरूको उद्दार एवं उत्थान गर्ने उद्देश्यले अमेरीकन सरकारबाट उपलब्ध हुने सहायता रकम र सोको तोकिएको मापदण्ड अनुसार फर्म भरी बुझाउने विषयमा वृहत जागरण कार्यक्रम पत्रकार सम्मेलन मार्फत सम्पन्न भएको छ ।

न्युयोर्कको ज्याक्सन हाईट्स र आसपासका नेपाली, भारतीय, वंगाली, स्पेनीस, पाकिस्तानी, चाईनिज, अरविक लगायतका विभिन्न समुदायहरूको हितमा सो कार्यक्रम आयोजना गरिएको जानकारी निर्देशक जोनाथनले दिएका छन् । उनका अनुसार विभिन्न भाषाहरूमा लेखीएका फ्लायर समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न समुदायका साथै गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको तर्फबाट कार्यवाहक अध्यक्ष सुवणर् लामा, महासचिव छिरींग राप्के लामा र कार्यसमिति सदस्य सुर्य सिंखडा लगायतको सहभागिता रहेको जानकारी फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी बागमती पेजलाई दिएका छन् ।

अमेरिकी सरकारले भोजनालय संचालन गर्नलाई दिएको यस कोष राहत मे १, २०२१ देखी मे२१, २०२१ सम्म प्राथमिकताका आधार र सो पछी कोषको मौजुदा रकम रहँदा सम्म अनुदान रकम उपलब्ध गराईनेछ । अमेरीकन रेस्क्यु प्लानको (ब्mभचष्अब’क च्भकअगभ एबिल) तोकिएको मापदण्ड भित्र रही मार्च २१, २०२३ भित्र प्राप्त रकम खर्च गर्ने व्यवसायीका हकमा सो रकम तिर्नुनपर्ने गरी छुट समेत दिईनेछ ।

यसरी अनुदान प्राप्त गर्न कुनै सल्लाह एवं सुझाव चाहिएमा सोझै गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरमा सम्पर्क गर्नुहुन कार्यवाहक अध्यक्ष सुवणर्लामाको सुझाव छ । कार्यवाहक अध्यक्ष लामाले आजको यस पत्रकार सम्मेलमा आफ्नो मन्तव्य राख्दै क्विन्सटुगेदर र सबै स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गर्दै भावि योजनाहरुमा अझै प्रगाड भएर ससक्त रुपले समाज सेवामा फाउण्डेशन लाग्ने प्रतिवद्धता जनाएका थिए ।

गिरिजा प्रसाद फाउन्डेशन अमेरिका च्याप्टरले क्विन्स टुगेदरसँग सहकार्य गरी दर्जनौं कार्यक्रम गरीसकेको जानकारी महासचिव छिरिंग राप्के लामाले दिए । भनेआजको अंग्रेजी पर्चा लाई नेपालीमा अनुवाद महासचिव राप्के लामाले गर्नु भएको हो ।

क्विन्स टुगेदर नामक संस्थाले समुदायका हजारौं व्यक्तिहरूको हितमा कोभिडको असर पश्चात निःशुल्क खाद्यान्न वितरण लगायतका विषयमा अग्रणी भुमीका निर्वाह गर्दै आईरहेको छ । यसैगरी क्विन्स टुगेदर कार्यालय र आरएफएसमा यस कार्यक्रम बारे विस्तिृत जानकारीका लागी सिधै सम्पर्क समेत गर्न सकिन्छ ।