Logo

बागमती पेज

बैशाख २७, २०७८ सोमबार

काभ्रेमा प्रहरीले संकलन गर्‍यो ७० वटा अक्सिजन सिलिन्डर


काभ्रे । प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपाबाट ७० वटा अक्सिजनका सिलिन्डर संकलन गरेको छ ।

आइतबार बनेपा र धुलिखेलमा रहेका उद्योग, वर्कशप र वेल्डिङ पसलबाट सिलिन्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले बताए ।

संकलित खाली सिलिन्डर बनेपामा रहेको अक्सिजन प्लान्टमा रिलिफ गरेर प्रहरीले आफ्नै सुरक्षामा राख्ने भएको छ । संक्रमितको उपचारका लागी आवश्यक अस्पतालको माग अनुसार प्रहरीले अक्सिजन उपलब्ध गराउने डिएसपी खतिवडाले बताए ।

बनेपामा रहेको अक्सिजन प्लान्टमा पनि प्रहरीले २४ सै घण्टा सुरक्षा दिइरहेको छ । उद्योग, वर्कशप र वेल्डिङ पसलबाट देशभर प्रहरीले शोधभर्ना दिने शर्तमा अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ ।