Logo

बागमती पेज

बैशाख २९, २०७८ बुधबार

कपनमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट…


काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपन बालुवाखानीमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट गरिएको छ ।

बालुवाखानीस्थित साप्रेढुंगा नजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया महिलालाई चक्कु हानेर रेमिटबाट १ लाख ४ हजार नगद लुटपाट भएको बताइएको छ । लुटपाटमा संलग्न कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष विष्टलाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लुटमा संलग्न आरोपी कपन नजिकै भंगालमा बस्छन् । चक्कु प्रहारबाट घाइते भएकी रेमिट संचालिकाको भंगाल करुणा अस्पतालमा उपचार भइरहेको छ ।