Logo

बागमती पेज

बैशाख २९, २०७८ बुधबार

योगदान राष्ट्रको लागि अभियानका जिल्ला अध्यक्ष कोभिडमा जनताको सेवा दिंदै


काठमाडौं । बिगत एक बर्ष देखि योगदान राष्ट्रको लागि अभियानका बझाङ जिल्ला अध्यक्ष ललित बहादुर सिंह कोभिड बिरामीहरुलाई सहयोग गर्दै आएका छन् ।

कोरोना भाईरसका कारण विश्व डर त्रासले चकित परेको वेला २०७६ साल चैत १२ गते देखि बझाङ जिल्लाको बिकट ठाउ बुङ्गल नगरपालिकामा स्वास्थ्य स्वयमसेवक
भएर रात दिन काम गर्दै आएका हुन् ।

अध्यक्ष सिंहले स्वस्थ्यकर्मीहरु संगै खटेर १० हजार मान्छेलाई सेवा दिई सकेका छन् । अहिले दोस्रो चरणको महामारीको समयमा पनि स्वास्थ्य स्वयमसेवक भएर रात दिन खटिएर काम गरि रहेका छन् । उनले हाल ७ जनाको स्वास्थ्य कर्मीको टीमसंग काम गर्दै १५ जना आईसुलेनमा पोजिटिभ देखिएका बिरामी संगै बसेर ऊनी सामाजिक सेवामा खटिएका छन् ।

यसै सिलसिलमा माक्स, सेनेटाइजर, औषधि लगायतका स्वास्थ सामग्री वितरण गर्दै आएका छन् । साथै योगदान राष्ट्रको लागि धनगढीमा भएको प्रथामिक उपचार तालिममा उनले व्यक्तिगत तर्फबाट समेत सहयोग रहेको जनाइएको छ ।