Logo

बागमती पेज

बैशाख २९, २०७८ बुधबार

योगदान राष्ट्रको लागि मोरङद्वारा `तपाईंको मास्क खै´ अभियान


काठमाडौं । योगदान राष्ट्रको लागि मोरङ टिमद्वारा सुन्दरपुर स्वास्थ चौकीका महिला स्वयंसेविका तथा स्थानीय सर्वसाधारणमा माक्स तथा सेनिटाइजर वितरण गरिएको थियो ।

स्वास्थ्यको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु लाई १००० मास्क हस्तान्तरण तथा बस्ती बस्तिमा जनचेतना स्वरुप “तपाईको मास्क खै?” भन्ने नाराका साथ मास्क वितरण गरि कार्यक्रम सम्पन्न गरिएको योगदान राष्ट्रको लागि अभियानको मोरङ जिल्ला अध्यक्ष संयोग ढकालले जानकारी दिएका छन् । साथै मोरङद्वारा तपाईंको मास खै ? भन्ने नाराका साथ जनचेतना मुलक कार्यहरु गरिएको थियो ।

उक्त कार्यक्रममा योगदान राष्ट्रको लागि अभियानको मोरङ जिल्ला अध्यक्ष संयोग ढकाल, लायन्स क्लब अफ बाँसबारीका संस्थापक अध्यक्ष, सुन्दरपुर स्वास्थ्य चौकिका प्रमुख तथा महिला स्वयंसेविकाहरु लगायतको उपस्थिति रहेको थियो ।